मुख्य समाचार

४ कक्षा पढ्ने बालिकाले बाटो बनाइदिन भन्दै प्रधानमन्त्री ओलीलाई लेखिन यस्तो पत्र

४ कक्षा पढ्ने बालिकाले बाटो बनाइदिन भन्दै प्रधानमन्त्री ओलीलाई लेखिन यस्तो पत्र

सामाजिक संजालमा ४ कक्षामा पढ्ने एक बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्नै हातले लेखेको यो पत्र सामाजिक संजालमा अत्याधिक भाइरल भइरहेको छ ।

प्राप्ति लामिछाने नामकी ती बालिकाले आफू स्कुल जाने बाटो हालैको वर्षाले बिग्रिएको भन्दै मर्मत गराइदिन प्रधानमन्त्रीलाई पत्रमार्फत अनुरोध गरेकी थिइन् । सामाजिक संजाल प्रयोगकर्ताले अहिले यो पत्र निकै शेयर गरिरहेका छन् ।

राजधानीको इमाडोलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी हुन् । प्राप्तिले पत्रमा जनाएअनुसार महालक्ष्मी नगरपालिका, ४ ओचु हाइट, इमाडोलमा माघ २४ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्य भएकोले यातायात तथा यात्रु आवागमनमा समस्या भएको उल्लेख छ ।

प्राप्तिले प्रधानमन्त्री मार्फत नेपाल सरकारलाई निवेदन लेखेकी हुन् । उनले आफूहरुलाई नियमित विद्यालय जान बाटोको कारण समस्या भएको भन्दै समस्या समाधाननका लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal