मनोरञ्जन

चलचित्र ‘यात्रा’को गीत रिलीज : यस्तो लुक्समा देखिए सलीमान (भिडियो)

चलचित्र ‘यात्रा’को गीत रिलीज : यस्तो लुक्समा देखिए सलीमान (भिडियो)

चलचित्र ‘यात्राको गीत सार्वजनिक भएको छ । ‘पञ्च पन्छी’ बोलको गीतमा मुख्य कलाकार सलिन मान बानियाँ र मालिका महतको मुख्य अभिनय रहेको छ। भिडियोमा काठमाडौं देखि सोलुखुम्बुसम्मको यात्राको दृश्यलाई देखाइएको छ ।

सम्राट शाक्यको डेब्यु निर्देशन चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ मा यात्राको क्रममा आउने घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।

मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलको स्वर रहेको छ भने चलचित्रमा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतको अभिनय छ । साथमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय देख्न सकिने छ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहेको चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । चैत २९ गते चलचित्र रिलिज हुँदैछ ।

भिडियो

प्रतिक्रिया दिनुहोस