विचित्र संसार

जन्ती नाच्दा पुल नै भाँच्चियो : बेहुलासहित १५ जना नालीमा खसे !

- एजेन्सी

जन्ती नाच्दा पुल नै भाँच्चियो : बेहुलासहित १५ जना नालीमा खसे !

विवाहमा बेहुली लिन गएका जन्ती आफूले सक्ने जती नाच्दैगर्दा शनिबार राती भारतको नोयडास्थित एउटा पुल भाँच्चिएको छ। यसरी पुल भाच्चिदा बेहुलालगायत लगभग १५ जना नालीमा खसेका छन् । जसमा दुई बालक घाइते भएका छन् ।

घटना साढे ९ बजेको हो । बेहुलालगायत १५ जना सानो पुलमाथि नाचिरहेका थिए र यो एक्कासी भाँच्चियो । नालीमाथि बनाइएको उक्त पूलले ओलिभ गार्डेन वेडिङ ब्यान्क्वेटको हलबाट त्यसको बगैंचालाई जोड्छ ।

‘बेहुलालगायत १५ व्यक्ति पुल भाँच्चिएपछि नाली खसेको घटनाबारे हामीले करिब साढे ९ बजेतिर थाहा पायौं । आठ वर्ष मुनीका दुई बालक घाइते भएपछि नजिकैको अस्पताल पुर्याइएको थियो । यसबारे मुद्दा दर्ता नभई दुई पक्षबीच सम्झौता भएको बताईएको छ ।

घटनापछि ब्याङ्क्वेट हलका मालिकले बेहुलाको परिवारलाई तीन लाख भारु क्षतीपूर्ती दिएको छ । त्यसपछि बेहुलाले लुगा फेरेर विवाहको कार्यक्रममा सरिक भए ।

३५ वर्षे बेहुला अमित यादव इन्दिरापुरमका व्यापारी हुन् उनले ३२ वर्षे सोनमसँग बिहे गर्दै थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal