मुख्य समाचार

भारतको रेलको लिगमा २ नेपाली किशोरीको टाउको र खुट्टा छिनेको अवस्थामा शव फेला

भारतको रेलको लिगमा २ नेपाली किशोरीको टाउको र खुट्टा छिनेको अवस्थामा शव फेला

भारतको रेलको लिगमा दुई नेपाली किशोरीको शव फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलको लिगमा दुई नेपाली किशोरीको शव फेला परेको हो।

घटना स्थलमा भेटिएको विद्यार्थी परिचयपत्रका आधारमा उनीहरु वीरगञ्जको पब्लिक कलेजका छात्रा भएको खुलेको छ । परिचयपत्रमा निभा कुमारी साह नाम उल्लेख छ भने अर्की छात्रा किरण चौरसिया रहेको खुलेको छ । निभा कलिकामाई गाउँपालिका २ भेडिहारीकी हुन् भने चौरसिया सोही गाउँपालिका–३ हरिहरपुर हुन् ।

परिचय पत्रमा उल्लेख गरिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा निभाका बुवा राजेश्वर साहले उठाएपछि मृतकको सनाखत भएको हो । दुई जना मध्ये एक जनाको खुट्टा काटिएको छ भने अर्कीको टाउको नै काटेको अवस्थामा शव भेटिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्साले भने दुईजना नेपाली छात्राहरुको मृत्यु भएको खबर प्रहरीमा पनि आएको तर आधाकारित पुष्टि नभएको जनाएको छ । घटनाको बारेमा जानकारी पाएपछि परिवार पुरै शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal