मनोरञ्जन

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को टिजर रिलिज (भिडियो)

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को टिजर रिलिज (भिडियो)

नायिका झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ३’को १ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको केमेष्ट्रीलाई झल्काइएको छ ।

यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।’ चलचित्रको छायांकन नेपाल र अमेरिकामा गरिएको छ भने यो म्यूजिक लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको साथमा अर्पण थापाको मुख्य भूमिका छ ।

चैत्र २९ गते यो चलचित्र आउँछ या आउँदैन भन्ने बहस चलिरहेको समयमा टिजर सार्वजनिकसँगै यसको निर्माणपक्षले निर्धारित मितिमा चलचित्र आउने पक्का गरेको छ । नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको चलचित्रले बम्पर कारोबार गर्ने अनुमान समिक्षकहरुले गरेका छन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal