मनोरञ्जन

संजोगले हुनेवाला श्रीमती बर्षा राउतबारे यसो भने..

संजोगले हुनेवाला श्रीमती बर्षा राउतबारे यसो भने..

अभिनेत्री वर्षा राउत तथा अभिनेता संजोग कोइरालाले सामाजिक सञ्जालमार्फत आगामी भ्यालेन्टाइन डेको दिन विवाह गर्ने घोषणा गरेपछि उनिहरुलाई बधाई दिनेहरूको ओइरो लागेको छ ।

उनीहरूको घोषणाअनुसार अबको दुई साताभित्रै उनीहरू औपचारिक रुपमा श्रीमान्–श्रीमती बनिसक्नेछन् । लामो समयदेखि प्रेममा रहेको यो जोडीले अघिल्लो सोमबार सामाजिक सञ्जालमा आफ्ना प्रशंसकहरूलाई सरप्राइज दिँदै विवाहको निमन्त्रणका कार्ड नै सेयर गर्‍यो । कार्डमा उनीहरूले आफ्नो जोडीलाई आशीर्वाद दिनसमेत आग्रह गरेका छन् ।

उक्त कार्डमा प्रेम दिवसकै दिन आफूहरूले विवाह गर्न लागेको कुरा उल्लेख छ । यसबीच संजोगले आफ्नी हुनेवाली श्रीमती वर्षाको सकारात्मक तथा नकारात्मक पक्षमा केही बचाएका छन् ।

सकारात्मक पक्ष
– उनको रहनसहन साधारण छ, अनि आनीबानी पनि साधारण नै छ । वर्षा स–साना कुरामै खुसी खोज्छिन् ।
– मिलनसार छिन् । जोसंग पनि एकैछिनमा मिल्न सक्छिन् ।
– रिस, इगो पालिरहन्नन्, बिर्सिहाल्छिन् ।
– ठूलालाई आदर अनि सानालाई माया गर्न जानेकी छिन्, घमन्ड पटक्कै गर्दिनन् ।

– हँसिली छिन् । जहिले जे जस्तो भए पनि हाँसिरहन्छिन् । उनलाई देख्ने बित्तिकै मेरा सबै समस्या आफैं समाधान हुन्छन् भन्ने आभाष हुन्छ ।

नकारात्मक पक्ष :
– फुर्सदको सदुपयोग गर्दिनन्, एकदमै अल्छी छिन् ।
– उपन्यास, फिक्सन, नन–फिक्सन आदि कुनै पनि पुस्तक पढ्दिनन् ।
– टेलिभिजन कार्यक्रम, यूट्युबमा म्युजिक भिडियो तथा चलचित्र एकदमै धेरै हेर्छिन् ।
– मोबाइलमा बढी समय खर्च गर्छिन् ।

– संयम भन्ने कुरा छँदै छैन । हरेक कुरामा उनको पहिलो प्रतिक्रिया धेरै नै लाउड हुन्छ । रिसाउँदा अति नै रिसाउने, हाँस्दा अझ ठूलो स्वरले हाँस्ने हुन्छ उनको फस्ट रियाक्सन ।
– कान्तिपुर साप्ताहिकको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal