मनोरञ्जन

२०१९ का आकर्षक १० महिला : मिस नेपाल श्रृंखलादेखि नायिका आँचलसम्म (भिडियो)

२०१९ का आकर्षक १० महिला : मिस नेपाल श्रृंखलादेखि नायिका आँचलसम्म (भिडियो)

काठमाडौं : सधैँ जस्तो यो वर्षपनि कान्तिपुरको साप्ताहिकले वर्षभरिका आकर्षक महिलाहरूको सूची प्रकाशित गरेको छ तर यो वर्ष अघिल्ला वर्षहरू भन्दा अलि फरक सूची आएको छ ।

यो वर्ष सबैभन्दा सुन्दर र आकर्षक महिलाहरूको सूचीको १० औँ नम्बरमा छिन् नायिका आँचल शर्मा । सन् २०१६ मा नाई नभन्नु ल ४ बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी आँचल शर्मा सन् २०१५ की मिस प्लस टु पनि हुन् । अहिलेसम्म पाँच वटा चलचित्रमा अभिनय गरिसकेकी आँचल शर्मा २१ वर्षकी छिन् ।

त्यस्तै ९ औँ नम्बरमा छिन् गायिका मेलिना राई । राम्रो स्वरकी धनी मेलिना राई आधुनिक तथा पार्श्व गायनमा अलग पहिचान बनाएकी गायिका हुन् । अहिले २६ वर्षकी भएकी मेलिना राईले ११ वर्षको उमेरमा पहिलोपटक गीत रेकर्ड गराएकी थिइन् । १२०० भन्दा बढी गीतहरूमा आफ्नो स्वर दिइसकेकी मेलिना राईका धेरै गीतहरू सुपरहिट भइसकेका छन् ।

त्यस्तै ८ औँ नम्बरमा छिन् गायिका इन्दिरा जोशी । पप गायनमा सर्वाधिक रुचाइएकी इन्दिरा जोशी स्टेज क्विनको रुपमा पनि चर्चित छिन् । नेपाल आइडल रियालिटि टिभी शो की निर्णायक पनि हुन् इन्दिरा जोशी । ५ फिट ७ इन्च अग्ली इन्दिरा जोशी गायन रियालिटि शो नेपाली तारा मार्फत गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।

त्यस्तै टप १ देखि ७ सम्म को को छन् पुरा जानकारीको लागि हेर्नुस यो भिडियो रिपोर्ट :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal