भिडियो समाचार

कृष्णलाई उपचार रकम पुग्यो : रुपाले भनिन् – ‘सयोग गर्ने सबैलाई धन्यवाद’ (भिडियो )

कृष्णलाई उपचार रकम पुग्यो : रुपाले भनिन् – ‘सयोग गर्ने सबैलाई धन्यवाद’ (भिडियो )

कृष्ण वलीको दुइ हात र खुट्टा जोड्नको लागि रकम पुगेको रुपा र कृष्णले बताएका छन् । अमेरिकाबाट केहि रकम आउन बाँकी रहेको र त्यो रकम प्राप्त भएपछी कृष्णको लागि रकम पुग्ने रुपा ओलीले बताइन ।

कृष्णलाई चाहिने रकम पुगेकोले अब सहयोग अभियान नचलाउन समेत आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेकी छन् ।
कृष्णको सहयोगका लागि संसारभरीबाट धेरै सहयोग पाएकोमा हृदय देखि रुपाले धन्याबाद दिएकी छन् ।

कृष्णको उपचारबाट बचेको पैसाले अरु यस्तै अपाङ्गहरुलाई सहयोग गर्ने पनि बताएकी छन् । कृष्ण जस्तै थुप्रै अपाङ्गहरु छन् उहाहरुलाई पनि सहयोग गर्नुहोला भन्दै आग्रह गरेकी थिइन् ।

कृष्णले आफ्नो दुर्घटनालाई अबसरको रुपमा लिंदै आफ्नो घटनापछि देशका ठुला कलाकारहरुलाइ भेट्न पाएको बताए । चर्चित कलाकारहरु पनि भेट्न आएकोमा उनले खुसि व्यक्त गरे । जिबनमा आफ्ना हात खुट्टा गुमाए पनि सबैको मनमुटुमा बस्न पाएकोमा निकै खुसि भएको बताए ।

साथै आगामी दिनमा आफुपनि दुखि गरिबहरुका लागि समाजसेवामा लाग्ने बताए ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal