अन्तर्राष्ट्रिय

बलात्कारपछि हत्या गर्नेलाई पहिला पानी पिउन लगाईयो अनि गोली हानेर मृत्युदण्ड दिईयो

बलात्कारपछि हत्या गर्नेलाई पहिला पानी पिउन लगाईयो अनि गोली हानेर मृत्युदण्ड दिईयो

१२ बर्षका एक किशोरलाई बलात्कार गरि हत्या गरेको आभियोगमा दुई युवकलाई सार्वजनिक स्थलमै गोली हानि मृत्युदण्ड दिईएको छ। २८ बर्षीय वाडेह रफट र ३१ बर्षीय मुहम्मद खालिदलाई सार्वजनिक स्थलमा गोलिहानि हत्या गरिएको हो। यो घटना यमनको हो ।

मोहम्मद साद नामका बालकमाथि ति युवकले गत मे मा बलात्कार पछि हत्या गरेका थिए। आर्मिले गोलि हान्नु अघि उनीहरुलाई पानि पिउँन दिइयो र त्यसपछि भुईमा सुताएर गोली हानिएको थियो । बिहिबार अदन सहरमा आर्मीले उनीहरुलाई गोली हान्दा हजारौं मानिसहरु समेत उपस्थित थिए।

पेडोफिलिया(बालबालिका प्रती हुने यौन आकर्षण) रहेका ति दुई युवकले बालक आफ्नै घरमा खेलिरहेको अवस्थामा अपहरण गरि बलात्कार र पछि हत्या गरेका थिए।

ति दुई युवकहरुलाई हत्या पछि बालकको शव लुकाउन सहयोग गरेको आरोपमा एक ३३ बर्षीया महिलालाई पनि मृत्युदण्डको सजाय सुनाईएको छ तर हाल उनि गर्भवती भएकाले उनलाई फाँसी दिने समय पर सरेको अधिकारीहरुले बताएको डेलिमेलमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal