मनोरञ्जन

चलचित्र ‘समर लभ कि साया’को हट अवतार, हेर्नुहोस् ७ तस्बिर !

चलचित्र ‘समर लभ कि साया’को हट अवतार, हेर्नुहोस् ७ तस्बिर !

चर्चित उपन्यास समरलभमा आधारित फिल्म ‘समर लभ’ बनेको छ । जसमा सायाको भुमिकामा छिन नायिका रेवती क्षेत्री । सोही कारण पनि पछिल्लो समय उनी मिडियामा छाईरहेकी छिन्।

नेपाली फिल्म अभिनयमा ‘समर लभ’ उनको डेब्यु फिल्म हो । तर अभिनयमा डेब्यु भने उनले मुम्बईबाट गरेकी हुन् । ‘ग्याङ्ग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता भारतीय फिल्ममा उनले काम गरिसकेकी छन् ।

रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता पनि हुन् । त्यसपछि मोडलिङ सुरु गरेकी उनीसँग त्यहाँको थुप्रै र्याम्प सो र केही विज्ञापन चलचित्रमा काम गरेको अनुभव पनि छ । कुकिङमा सौकको विषय भएको बताउने क्षेत्रीको अर्काे रुचिको विषय घुमघाम बताउँछिन् ।

चर्चित कृतिमा काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउने रेवती का निकै हट तस्बिर समेत देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal