मनोरञ्जन

‘ह्याप्पी भ्यालेन्टाइन’ भन्दै आयुश्मान र प्रियङ्काले रोमान्स गरे (हेर्नुहोस् भिडियो)

‘ह्याप्पी भ्यालेन्टाइन’ भन्दै आयुश्मान र प्रियङ्काले रोमान्स गरे (हेर्नुहोस् भिडियो)

काठमाडौँ : गायक किरण गजमेरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘ह्याप्पी भ्यालेन्टाइन’ बोलको गीत हालै हाईलाईट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द केदार उप्रेतीको रहेको छ भने सङ्गीत स्वंयम गजमेरले नै भरेका छन र गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन्।

गीतको म्युजिक भिडियोमा केही समय पहिला बिहे गरेका वास्तविक जोडी नायक आयुश्मान देशराज र नायिका प्रियङ्का कार्कीको रोमान्सलाई देख्न सकिन्छ ।

म्युजिक भिडियोको छयांकन बुद्ध थापाको रहेको छ भने निर्देशन निकेश खड्काले गरेका हुन्।

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal