प्रवास

रंगशाला बनाउन धुर्मुस-सुन्तली यसरी मलेसियामा ‘क्रिकेट नै खेले’

रंगशाला बनाउन धुर्मुस-सुन्तली यसरी मलेसियामा ‘क्रिकेट नै खेले’

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान लिएर मलेसिया पुगेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले त्यहाँ नेपालीमाझ क्रिकेट नै खेलेका छन् ।

मलेसियामा आयोजित धुर्मुस–सुन्तली साँझका क्रममा सयौँ नेपालीलाई उनीहरुले हँसाएनन् मात्रै मञ्चमै क्रिकेट पनि खेले । बल र ब्याटसहित मञ्चमा उत्रिएका धुर्मुस–सुन्तलीले घरबाट परदेशिएर रोजगारीका लागि बसेका नेपालीलाई भरपूर मनोरञ्जन पनि दिए ।

उनीहरुसँगै दर्शकलाई मनोरञ्जन दिन लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई र चर्चित लोक गायिका सम्झना भण्डारी पनि पुगेका थिए । धुर्मुस–सुन्तली ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको हो ।

यस क्रममा क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको हो । क्वालालम्पुर र पेनाङपछि फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७