प्रवास

एक महिनाकी छाेरीलाई छाडेर ‘जापनमै अस्ताइन् प्रमिला’

एक महिनाकी छाेरीलाई छाडेर ‘जापनमै अस्ताइन् प्रमिला’

जापानमा एक नेपाली महिलाको निधन भएको छ । अध्ययन र रोजगारिको शिलसिलामा श्रीमान संगै जापानको कुवानामा बस्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो ।

एक महिना अघि अस्पतालमा छोरी जन्माएकी प्रमिलालाई अकास्मात ब्रेन ट्युमरको संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसैका कारण उनको अाज निधन हुन पुुुग्यो।

बच्चा जन्माएपछि उनलाई अस्पतालमा ब्रेन ट्युमरको सल्यक्रिया गरिएको थियो । ‘‘ सुत्केरी चेलीलाई अस्पतालमै गुमाउनुपर्दा जापानमै रहेका उनका श्रीमान दिनेश भावविहल भएका छन् ।

उनको उपचारमा आर्थिक संकलन अभियान चलाएको भएपनि उपचार सम्भव हुन सकेन। उपचारमा समेत लाखौँ खर्च त्यसैमाथि प्रमिलाका श्रीमानलाई पत्नी वियोगको पिडामा नवजात बालिका हुर्काउने जिम्मेबारी थपिएको छ । दिवंगत दर्जीको सबलाई शनिवार मियकेनको निशिबश्सो कुवाना भन्ने ठाउँमा अन्त्योष्टी गर्ने तयारी भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७