मुख्य समाचार

एअरपोर्टमा विदेशबाट फर्कनेलाई कडाइ गरेपछि रेखा थापा आक्रोसिदैै यसो भनिन् !

एअरपोर्टमा विदेशबाट फर्कनेलाई कडाइ गरेपछि रेखा थापा आक्रोसिदैै यसो भनिन् !

सरकारले निजी गुण्टा, झिटि, भारी सम्बन्धी सूचना जारी गरेको झण्डै अढाइ वर्षपछि गत सातादेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसमा गरिएका व्यवस्थालाई कडाइका साथ लागु गरेको जनाएको छ।

सरकारले यसरी विदेशबाट फर्किदा ल्याउने सामानमा कडाइ गर्न थालेपछि सर्वत्र बिरोध हुन थालेको छ ।

यसै क्रममा सामाजिक सञ्जालमा नायिका रेखा थापाले एक स्ट्याटस लेख्दै सरकारको यस्तो कदमको कडा विरोध जनाएकी छन् ।

उनले लेखेकि छन्, जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ। हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एल्लो किन नहोस् एअरपोर्ट अगाडि बिरोध गर्न जान तयार छु।

उनको फेसबुक स्टाटस यस्तो छ :
दुबइ, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकिछु । जब बर्ष हरुपछी घर फर्किने सुखत दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो । दुइटा फोन ,एइटा टि.भी वा त्यस्तै अरु सामान । निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला? तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ? सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको काहानी जनताले थाहा पाएका छन-

यिनै मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार? के परिवारको लागि चिनो ल्याउनु अपराध हो? मेरो बिचारमा यो श्रमिक माथि शोषन र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने- म एक्लो किन नहोस् एअरपोर्ट अगाडि बिरोध गर्न जान तयार छु ।

आफु अरबौका सुबिधा लिने,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ??????

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal