मुख्य समाचार

प्रेमिकालाई जीपसँगै कालीगण्डकीमा खसाल्ने खड्कालाई जन्मकैद

प्रेमिकालाई जीपसँगै कालीगण्डकीमा खसाल्ने खड्कालाई जन्मकैद

एक युवतीलाई गाडीमा लगेर गाडीसँगै कालीगण्डकी नदीमा फाल्ने युवालाई जिल्ला अदालत म्याग्दीले ३० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–७, घराम्दीकी २० वर्षीया सविता नेपालीलाई बेनी नगरपालिका–९, काउलेगौंडाका ३२ वर्षीय रवि खड्काले गत असारमा गाडीसँगै कालीगण्डकीमा खसालेका थिए ।

बुधबार म्याग्दीका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष, जबरजस्ती शरीर बन्धक ८ वर्ष र घटनाको प्रकृति अनुसार थप २ वर्ष कैद र १ लाख जरीवाना तिराउने गरी फैसला गरेको अदालतलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढामगरले बताए ।

आरोपित खड्काले घराम्दीमा भएको भेलामा सविता गर्भवती रहेको र उनलाई श्रीमती बनाएर राख्ने भन्दै गाडीमा हालेपछि लगेर कालीगण्डकीमा गाडीसँगै खसालेका थिए । गाडी र चालक रवि तथा गाडीमा सवार सविता सबै बेपत्ता भएको भनिए पनि १ हप्तापछि रवि प्रहरीको सम्पर्कमा आएका थिए ।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी जबरजस्ती शरीर बन्धक र हत्याको मुद्दा चलाएको थियो । आरोपित युवाले अदालतसमक्ष दलित भनेर परिवारले नस्वीकार्ने डरका कारण आफूले गाडीसहित युवतीलाई खोलामा फालेर भागेको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal