प्रवास

विदेशबाट फर्कनेेेेलाई एअरपोर्टमा झनै कडाई : कुन सामानको भन्सार मूल्य कती ?

विदेशबाट फर्कनेेेेलाई एअरपोर्टमा झनै कडाई : कुन सामानको भन्सार मूल्य कती ?

सरकार विदेशबाट फर्कनेहरुले ल्याउने सामानमा झनै कडाईका साथ कार्यान्वयनमा उत्रिएको छ । सोमबारमात्र सरकारले विदेशबाट फर्केका नेपालीहरुले बढी परिणाममा ल्याएको सामान बिक्रीका लागि सुचना निकालेको छ । जुन सरकारले जफत गरेको थियो । यसबाटै पुष्टि हुन्छ सरकारले कार्यान्वयनमा कडाइ गरेको छ ।

धेरै समय अगाडि निजी गुण्टा, झिटी भारी सुचना जारी गरेर नै हवाइ यात्रुले विदेशबाट ल्याउने र लैजाने सामानमा कडाइ गरेपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन् । तर, पछिल्लो समय सरकार विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइका साथ कार्यान्वयन गर्न लागि परेको हो ।

भन्सार विभागका महानिर्देशक तोयम रायाले झिटी गुन्टा आदेश भन्दा एउटा पनि बढी सामान ल्याए जफत गरिने भनेका थिए । उनले कानुन र सरकारको आदेश उल्लंघन हुन नदिन कडाइका साथ त्यस्ता सामानको भन्सार जाँच गर्ने भनेका थिए ।

सर्वसाधारणको जानकारीको लागि विदेशबाट फर्कदा हवाइयात्रुले के-के ल्याउन पाउँछन्, ती सामानको भन्सार महसुल कति तिर्न पर्छ। ताकी ठुलो खर्च गरेर भित्र्याएको सामान भन्सारमै जफत नहोस ।

विदेशबाट फर्कदा कुन सामान ल्याउँदा पूर्ण भन्सार महसुल छुट हुन्छ ?

सुचनाको दफा एकमा लुगाफाँटा, घरगृहस्थीका सामान, उपचार गरेर फर्केको विरामीले ल्याएको औषधी, अशक्त यात्रुले साहाराका रुपमा प्रयोग गर्ने सामान, ट्याबलेट, ल्यापटप, घडी, क्यामेरा, भिडियो, सेलुलर, फेन ड्राइभ जस्ता सामान एक/एक थान ल्याउँदा पूर्ण छुट हुनेछ भनिएको छ । यसमा यात्रुले कुनै भन्सार महसुल तिर्नुपर्ने छैन । एक लिटरको मदिराको बोतल र सातकिलो ग्रामसम्मको खाद्य परिकारमा पनि भन्सार महसुल लाग्ने छैन ।

तर, कस्मेटिक, जुत्ता, लुगाफाटामा बढीमा १५ थानसम्म ल्याउन पाइनेछ तर यसमा समदर (फ्ल्याट) महसुल तिर्नुपर्नेछ । सुन पहिलो पचास ग्रामसम्म प्रति १० ग्रामको ५ हजार दुई सय रुपैयाँ, पचासग्राम भन्दा बढी थप ५० ग्राममा प्रति दश ग्रामको ६ हजार रुपैयाँ भन्सार महसुल लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal