साहित्य

उपन्यासकार सरस्वती प्रतिक्षाविरुद्ध प्रहरीमा कसले किन गर्यो उजुरी ?

उपन्यासकार सरस्वती प्रतिक्षाविरुद्ध प्रहरीमा कसले किन गर्यो उजुरी ?

वादी समुदायको विषयमा केन्द्रित रहेर लेखिएको उपन्यास ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाविरुद्ध नियतवश वादी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

उपन्यासमा उल्लेख भएको पात्रसँग नाम मिल्ने महिलाले दिएको उजुरीमा भनिएको छ, ‘एक जना/दुई जनाको नाम मिल्नु संयोग होला । तर, ४/५ जनाकै नाम मिल्नु कसरी संयोग हुनसक्छ ? यो उपन्यासले हाम्रो समुदायलाई नै प्रत्यक्ष ठेस पुर्‍याएको छ ।’

उपन्यासले आफू लगायतको चरित्र हत्या गरेको र जातीय भेदभावलाई पनि प्रश्रय दिएको दाबी गर्दै लेखिकामाथि जातीय विभेद तथा छुवाछुत ऐन अन्तरगत कारबाही गर्न माग गरिएको छ ।

प्रहरीमा उजुरी परेपछि उपन्यकार प्रतिक्षाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एनजीओहरुले समुदायका केही व्यक्तिलाई उचालेर आफूलाई खेद्न खोजेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘पाठकहरुले नै तैंले गलत लेखिस् भनेर किताब अस्वीकार गरे भने लेखक सकिन्छ । होइन भने एउटा एनजीओको केही लाख पैसामा काठमाडौंमा मासुभात खाएर केही सीमित व्यक्तिहरुले हालेको मुद्दा मैले हारे पनि जिते पनि मभित्रको लेखक कहिल्यै डग्मगाउँदैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal