मनोरञ्जन

राजा-रानीको ‘सनसनिपुर्ण यौन सम्बन्धमा’ निर्मित फिल्म

- बीबीसी

राजा-रानीको ‘सनसनिपुर्ण यौन सम्बन्धमा’ निर्मित फिल्म

हलिउड फिल्म ‘द फेभरेट’ लाई २०१८ को सबैभन्दा चर्चित फिल्मका हेरिएको छ। द फेभरेट यो वर्ष कयौं अवार्डको रेशमा सामेल छ। यो फिल्म ओस्कारमा दश विधामा र बाफ्टा अवार्डको १२ विधामा मनोनयनमा परेको छ। गोल्डेन ग्लोब अवार्ड त जिति नै सकेको छ।

‘द फेभरेट’ फिल्ममा आफ्नो भूमिकाकालागि गोल्डेन ग्लोब पुरस्कार विजेता र ओस्कार अवार्डकालागि मनोनित अभिनेत्री ओलिभिया कोलम्यानले बीबीसीसँग कुरा गर्दै भनिन्, ‘ ‘द फेभरेट’ ले ऐतिकासिक फिल्मलाई नयाँ जीवन दिएको छ। यो फिल्म हेर्दा तपाइँ तत्कालीन परिस्थितिको अनुभव गर्न सक्नुहुन्छ।’

ओलिभिया कोलम्यानले ‘द फेभरेट’ फिल्ममा बेलायती महारानी एनको भूमिका निर्वाह गरेकी छन्। यो फिल्ममा महारानी एन र डचेज अफ मार्लबोरो साराबीचको माया प्रेमको सम्बन्धलाई देखाइएको छ। रमाइलो त के भने २०१८ मा यस्तो फिल्म ठूलो दर्धामा देख्न पाइयो,जो ऐतिहासिक भूमिका र कथा बस्तुमा आधारित थियो।

ऐतिहासिक फिल्म बनाउनु निकै जटिल काम हो। यसमा देखाइने महलको सेट, सेनाको संख्या र पोशाकमा ठूलो रकम खर्च हुन्छ। इतिहासमा यौन सम्बन्धमा विषयमा हुने राजनीति शायद २०१९ मा दर्शकलाई मन पर्यो। कारण के हो भने राजनीतिको वर्तमान समयमा यसको प्रभाव झन बढेको देखिन्छ। जस्तै ‘द आउलटा किङ’ लाई स्कटल्याण्डमा २०१४ मा बेलायतबाट अलग हुन जनमत संग्रह भएपछि रिहा गरिएको थियो।

तर फिल्मका निर्देशक डेविड म्याकेन्जी स्कटल्याण्डमा स्वतन्त्रताको मागको आन्दोलनलाई हेर्दै गर्दा दर्शकले फिल्म मन पराउँछन् भन्ने विषयमा ढुक्क थिएनन्।

बेलायतमा १९ औं शताब्दीको राजनीतिक हिंसामा आधारित फिल्म ‘पीटरलू’ मा भोटिङको अधिकारका लागि संघर्ष गरेको कथा थियो। समिक्षकले फिल्मको निकै तारिफ गरेका थिए। तर यो फिल्म दर्शकले धेरै मन पराएनन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal