अन्तर्राष्ट्रिय

महात्मा गान्धीको पोष्टरमा गोली हान्ने महिला पक्राउ

- एजेन्सी

महात्मा गान्धीको पोष्टरमा गोली हान्ने महिला पक्राउ

महात्मा गान्धीको पोष्टरलाई गोली हानेको मामलामा एक महिलालाई पक्राउ गरिएको छ ।अखिल भारत हिन्दु महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान् अशोक पाण्डेयलाई पक्राउ गरिएको भारत संचार माध्यमले जनाएका छन ।

पुलिसले उनलाई दिल्लीबाट नोएडा प्रवेश गर्नेबेला पक्राउ गरेको हो । उनलाई बुधबार अलिगढ ल्याइने पुलिसले जानकारी दिएको छ ।

गत जनवरी ३० तारिखमा महात्मा गान्धीको पुण्यतिथीको अवसरमा महात्मा गान्धीको पोष्टरमा एक महिलाले एयर पिस्तोलले फायरिङ गरेको भिडियो सोसल मिडियामा निकै चर्चित भएको थियो ।

भिडियोको आधारमा पुलिसले १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।यसअघि नै तीन आरापीलाई पक्राउ गरिसकिएको छ । अन्य आरोपीको खोजी भइरहेको अलिगढका वरिष्ठ पुलिस अधिक्षक आकाश कुलहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal