मुख्य समाचार

निकिता पौडेलद्वारा चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा

निकिता पौडेलद्वारा चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा

निकिता पौडेलले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । मंगलबार सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ती जारी गर्दै पौडेलले भोलि माघ २३ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री समक्ष पेश गरेको जानकारी गराउनु भएको हो ।

पति एवं सञ्चारकर्मी रवि लामिछानेको अस्पताल निर्माण अभियानमा सहयोग गर्ने उद्देश्यका साथ राजिनामा दिएको बताउदै उहाँले नेपाल सरकारबाट आफुले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलब बापतको रकम पनि श्रीमान रबि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराएको जानकारी पनि गराउनु भएको छ ।

जारी विज्ञप्तीमा पौडेलले भन्नु भएको छ ‘चलचित्र बिकास बोर्डको अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि,मेरो नाभीसगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितका लागि म सदैव क्रियाशील रहिरहने छु।’

अब आफ्नो अधिकतम समय दुर्गम जिल्ला कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालमा समर्पित गर्ने प्रतिबद्धता पनि पौडेलले व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal