विचित्र संसार

यी युवा भ्यालेन्टाइन डेमा ‘सिंगल’हरुलाई सित्तैमा चिया बाँड्दैछन्

यी युवा भ्यालेन्टाइन डेमा ‘सिंगल’हरुलाई सित्तैमा चिया बाँड्दैछन्

भ्यालेन्टाइन डेमा एक युवकल सबै सिंगलहरुलाई चिया खुवाउने घोषणा गरेर चर्चामा आएका छन् । यी युवकको नाम हो प्रफुल बिलोर । उनी भारतको अहमदाबादका हुन् । उनी यहाँ एक चियापसल संचालन गर्दै आएका छन् ।

एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका हुन् ।

उनीहरुले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ,‘फ्रि चाय फर सिंगल्स ।’ उक्त फेसबुक पेजमा लेखिएको छ – ‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’ यसबारे जानकारी दिँदै संस्थापक भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ रु सिंगललेे पनि मजम लिनुपर्छ त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’

भ्यालेन्टाइन्स डेमा बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म चिया बाँडिने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal