मनोरञ्जन

मोदी सरकारले किन गर्दैछ यो फिल्मको ब्यापक प्रचार ?

मोदी सरकारले किन गर्दैछ यो फिल्मको ब्यापक प्रचार ?

आदित्य धरको निर्देशनमा बनेको उरीः द सर्जिकल स्ट्राइकले २४ दिनमा १८९ करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ । विक्की कौशल, यामी गौतम, परेश रावल र माहित रैनाको प्रमुख भूमिका रहेको उक्त फिल्म भारतीय सेनाले पाकिस्तानी सीमाभित्र प्रवेश गरेर गरेको अकस्मिक हमलाको वास्तविक घटनामा आधारित छ ।

भारत प्रशासित जम्मु काश्मिरतर्फ रहेको उरीमा रहेको भारतीय सेनाको क्याम्पमा पाकिस्तानमा शरण लिइरहेका आतंकवादीहरुले हमला गरेका थिए । यसमा १९ भारतीय सैनिकको ज्यान गएको थियो ।

सोही घटनामा बनेको फिल्म भारतमा लोकप्रिय बनेको छ । फिल्मको लोकप्रियतामा भारतको केन्द्रीय सरकारको पनि महत्वपूर्ण भूमिका देखिन्छ ।

भारतीय प्रधानमन्त्री र सरकारका अन्य प्रमुख मन्त्रीले फिल्म र यसको सम्वादहरुलाई सार्वजनिक कार्यक्रमहरुमा उल्लेख गर्न थालेपछि यसको ‘पब्लिसिटी’ ह्वात्तै बढ्न गयो ।

सबैभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बईमा भारतीय फिल्मसम्बन्धी एक संग्राहलयको उद्घाटनको क्रममा फिल्मको संवाद उल्लेख गरेका थिए ।

भारतीय फिल्म उद्योगका दिग्गजहरुको उपस्थित रहेको कार्यक्रममा मोदीले उरी फिल्मको सम्वाद ‘हाउ इज द जोस(जोस कस्तो छ?)’ भने । जवाफमा फिल्ममा विक्की कौशलले अभिनय गरेको पात्रसँग उक्त सम्वाद बोलेपछि फिल्ममै प्रयोग गरिएको सम्वाद जस्तै मोदी अघि रहेका कलाकारहरुले ‘हाई सर(उच्च सर)’ भने ।

त्यस्तै बजेट भाषण गर्ने क्रममा केन्द्रीय मन्त्री पीयूश गोयल पनि उरीको उल्लेख गरे । पीयूश गोयलले पनि आफ्नो भाषणमा दुई पटक ‘जोश’ शब्दको उल्लेख गरे । त्यस्तै अर्का केन्द्रीय मन्त्री रविशंकर प्रसादले पनि ‘हाउ इज द जोस’ उल्लेख गरे ।

प्रयागराजमा कुम्भ क्षेत्रमा भएको उत्तर प्रदेशको क्याबिनेटको वैठकपछि मुख्यमन्त्री योगी आदित्यनाथले उरीको कर फ्री गर्ने घोषणा गरेका थिए ।

एक हिसाबले हेर्ने हो भने केन्द्रीय मन्त्रीहरु र भाजपाका नेताहरुले उरीः द सर्जिकल स्ट्राइकका नेताहरुले उरी फिल्मको व्यापक प्रचार गरे ।
– रातोपाटीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal