मनोरञ्जन

भुवनले छोरालाई देखाउँदै भने – म नाचेपछि अनमोल नर्भस देखिन थाल्यो

भुवनले छोरालाई देखाउँदै भने – म नाचेपछि अनमोल नर्भस देखिन थाल्यो

सोमबार ललितपुरको एक पार्टी प्यालेसमा चारैतिर बत्तीको झिलिमिली थियो। ‘इशान’ लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही यूवा बलसँग खेल्दै थिए। त्यही विचमा उभिएका थिए, नायक अनमोल केसी । त्यो माहोल अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’मा समावेश एक गीतको छायांकन हो

‘कर्ली कर्ली’ बोलको गीतको छायांकनमा अनमोल केसी मात्र आकर्षणमा थिएनन्। यो गीतमा नायक भूवन केसीलाई पनि आफ्नै स्टाइलमा देख्न पाइनेछ। अनमोल र भूवनको साथमा नायिका निरुता सिंहको स्टाइलले दर्शकलाई मोहित बनाउनेछ।

मेलिना राई र एसडी योगीको आवाजमा तयार भएको यो गीतमा एसडीकै शब्द तथा संगीत छ। गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी थिइन्।

यता, छोरा अनमोल केसीसँग पर्दामा देखिन लागेको भुवन केसी कहिलेकाही छोरातिर हेर्दै भन्थे–‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो।’ भुवनले यसो भन्दा अनमोल मुुसुक्क हाँस्थे मात्र।

भुवन केसी र अनमोल केसीको जिस्क्याइमा रमाइरहेकी नायिका निरुता सिंहलाई यो गीतमा नृत्य गर्दा बेग्लै आनन्द लागिरहेको थियो। माघ महिनाको जाडोमा रातभर छायांकन गर्दा पनि निरुता थाकेकी थिइनन्। उनी भन्दै थिइन्, ‘यो गीत नेपाली चलचित्रका दर्शकका लागि एउटा बेग्लै स्वाद हुनेछ।’

फागुन १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal