विचित्र संसार

‘मलाई किन जन्मायौ ?’ भन्दै आफ्नै बावु-आमाविरुद्ध मुद्दा

‘मलाई किन जन्मायौ ?’ भन्दै आफ्नै बावु-आमाविरुद्ध मुद्दा

यो दुनियाँमा धेरै मानिसहरु हुन्छन् जसले आफू जन्मिएकोमा आफैंलाई धिक्कार्छन, बावुआमालाई सराप्छन् । तर एक ब्यक्तीले बावु–आमालाई नै मुद्दा हाल्नेे तयारी गरेका छन्।

‘म मेरा बुवाआमालाई निकै माया गर्दछु । उनीहरुसँग मेरो निकै राम्रो सम्बन्ध छ । तर उनीहरुले आफ्नो स्वार्थका लागि मलाई जन्माएका हुन् ।’ यस्तो आरोप लगाउँदै आफ्ना बुवाआमालाई नै मुद्दा हाल्ने तयारी गरेका व्यक्तिको नाम राफेल सामुअल हो ।

भारतको मुम्बइमा बस्ने २७ वर्षीय राफेलका अनुसार उनको जीवनयापन राम्रैसँग चलिरहेको छ । तर बच्चा जन्माउनु भनेको अपहरण र दासता हो भन्ने उनलाई लागेको छ । मैले बुझ्न सकेको छैन कि म एक अर्को जिन्दगीलाई स्कुल, करिअर आदिको झमेलामा किन फसाउँ, उनी भन्छन् ।

राफेल एन्टी नटालिज्मका समर्थक हुन् । उक्त दर्शन मान्नेहरु जन्मको विरुद्धमा हुन्छन् । यस सिद्धान्त अनुसार बच्चा जन्माउनुको अर्थ कसैको इच्छा विपरीत उसमाथि जिन्दगी थोपर्नु हो ।

राफेलका अनुसार मानिसमा बच्चा नजन्माउने र आफ्ना बाउआमासँग आफूलाई किन जन्माएको ? भनेर सोध्ने अधिकार हुनुपर्दछ त्यसैले उनी आफ्नो अनुमतिविना नै बावुआमाले आफूलाई जन्माएकोमा रुष्ट छन्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal