मनोरञ्जन

बिहे गरेको ४ बर्षमा ‘बावु बन्दै आर्यन’

बिहे गरेको ४ बर्षमा ‘बावु बन्दै आर्यन’

अभिनेता आर्यन सिग्देल सपना भण्डारीसँग बैबाहिक जीवनमा बाँधिएको करिव चार वर्षपछि बावु बन्ने भएका छन् । आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो ।

अभिनेता आर्यन सिग्देल यातिबेला बिकासराज आचार्यको चलचित्र हजार जुनी सम्म को छायंकनमा व्यस्त छन् । उनि चलचित्रको छायांकनका लागी यतिबेला सिक्किममा रहेको बताइएको छ । चलचित्रको छायांकन सकेर नेपाल फर्किए पश्चात भने उनि केहि समय श्रीमती सपनाका साथमा रहने तयारीमा छन् ।

आर्यन पत्नी सपना भण्डारी करिव ७ महिनाको गर्भवती भएको बुझिएको छ । आफु माता पिता बन्न लागेको कुरालाई आर्यन र सपनाले भने अधिकारिक रुपमा सार्वजनिक गरिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal