मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्र जनताको घर दैलोमा, सक्रिय हुन आग्रह

पूर्वराजा ज्ञानेन्द्र जनताको घर दैलोमा, सक्रिय हुन आग्रह

करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । पूर्वराजाले सोमबार बेलुकासम्म २ सय ५० जनाभन्दा बढीसँग भेटघाट गरेको बताइएको छ ।

नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्यतराई र पूर्वी तराईको भ्रमणमा निस्किएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेटघाट गरेका हुन् । भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए ।

केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र केही आफन्तसँग सिमरा बस्दै आएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पूर्वी नेपाल भ्रमणमा निस्कएका हुन् ।

सिमरास्थित प्रभु शमशेरको निवासमा बस्दै आएका ज्ञानेन्द्रले हिजो सोमबार सिमरास्थित राममन्दिरमा पूजाअर्चनासमेत गरेका थिए । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal