मुख्य समाचार

नकारात्मक टिप्पणी नगरिदिनुहोस, हेर्दा हेदै रंगशाला ठडिनेछ : धुर्मुस

नकारात्मक टिप्पणी नगरिदिनुहोस, हेर्दा हेदै रंगशाला ठडिनेछ : धुर्मुस

धुर्मुस–सन्तुली फाउन्डेशनमा उठेको रकमलाई लिएर विभिन्न शंका कुरा चलिरहेका बेला गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको हरेक हिसाव १५/१५ दिनमा सार्वजनिक गर्ने घोषणा सीताराम कट्टेल धुमुर्सले बताए ।

धुर्मुसले प्रत्येक हिसाव १५/१५ दिनमा सार्वजनिक गर्नेे साथै रंगशाला निर्माणका लागि सहयोग गर्ने ब्यक्तिको नाम पनि धुर्मुस सन्तुली फाउन्डेशनको वेभसाइटबाट सार्वजनिक गर्ने बताए । ‘यो पवित्र काममा सहयोगीहरुले गरेको सहयोग रकम र खर्च विवरण हामी सार्वजनिक गर्नेछौ’ धुर्मुसले भने ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाले जनता र सरकारलाई जोड्ने बताए । उनले पवित्र काममा नकारात्मक टिप्पणी नगरिदिन आग्रह गरेका छन् । ‘नकारात्मक टिप्पणी नगरिदिनुहोस् हेर्दा हेर्दै अन्तराष्ट्रिय रंगशाला ठडिनेछ’ धुर्मुसले भने ‘एउटा घर बनाउन कति गाह्रो हुन्छ, रंगशाला बनाउने कुरा चानचुने छैन, मलाई भूकम्प त अहिले पो गइरहेको छ । तरपनि म खुट्टा कमाउने पक्षमा छैन ।’

धुर्मुसले डोजरमा बसेर निर्माणका काममा थालनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal