मुख्य समाचार

क्रिकेट रङ्गशाला निर्माणलाई सहयोग जुटाउन मलेसिया उडे धुर्मुस-सुन्तली

क्रिकेट रङ्गशाला निर्माणलाई सहयोग जुटाउन मलेसिया उडे धुर्मुस-सुन्तली

काठमाडौँ: धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लागि सहयोग जुटाउन सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जन घिमिरे ‘सुन्तली’ सोमबार मलेसिया प्रस्थान गरेका छन्।

क्रिकेट रङ्गशाला निर्माणको लागि सहयोग जुटाउन मलेसियामा ‘धुर्मुस सुन्तली साँझ कार्यक्रम’ हुँदैछ। मलेसियाको विभिन्न सहरमा आयोजना हुनेछ उक्त कार्यक्रममा गायक बद्रि पङ्गेनी, गायिका मेलिना राई, गायिका सम्झना भण्डारीलगायतले प्रस्तुती दिनेछन् ।

पत्रकारसँग कुरा गर्दै रङ्गशाला निर्माणको लागि धुर्मुस-सुन्तलीलाई किन सहयोग गर्ने भन्ने प्रश्न उठिरहेको छ भन्ने प्रश्नमा धुर्मुसले भने – ‘यो प्रश्न उठ्नु स्वभाविक हो। जसरी अघिल्लो परियोजना निश्चित तह, तप्का र वर्गको लागि गरिएका थिए। रङ्गशाला निर्माण सिङ्गो नेपाल र नेपालीको खुसीको लागि गरिंदैछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal