मुख्य समाचार

दाङमा भेटियो : बाहिर आरन, भित्र हतियार कारखाना

दाङमा भेटियो : बाहिर आरन, भित्र हतियार कारखाना

दाङ प्रहरीले घरेलु हतियार उत्पादन गर्न कारखाना नियन्त्रणमा लिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिका–७ भौवानामा रहेको अबैध हतियार कारखाना प्रहरीले नियन्त्रणमा लिएको हो।

भौवा नाकामा ५९ वर्षीय जीतबहादुर बुढाले सञ्चालन गर्दै आएको हतियार उत्पादन कारखानामा प्रहरीले छापा मार्दा ठूलो मात्रामा हतियार र हतियार बनाउन प्रयोग हुने सामग्री बरामत गरेको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए।

‘बुढाले युद्धकाल देखिनै हतियार उत्पादन र बिक्रि गर्ने गरिरहेका रहेछन’ प्रहरी प्रमुख पाण्डेले भने, ‘बाहिर कुटो कोदालोको आरन सञ्चालन गरेर भित्र हतियार उत्पादन हुँदो रहेछ।’ उनको मुख्य व्यसाय नै हतियार उत्पादन रहेको पाइएको प्रहरी प्रमुख पाण्डेले बताए।

उत्पादित हतियार भारत र नेपालका बजारमा विक्रि वितरण हुने गरेको प्रहरीको भनाइ छ। आफूले बनाउने बन्दुक बन्दुक न्यूनतम १० हजारमा विक्री गर्ने र मर्मत गर्दा ५ हजार लिने गरेको बुढाले प्रहरीसँगको बयानमा भनेको पाण्डेले जानकारी दिए।

प्रहरीले हतियार कारखानाबाट नियन्त्रणमा लिएका हतियार र हतियार बनाउन प्रयोग हुुने सामाग्रीसहित २ जनालाइ आइतबार सार्वजनिक गरेको छ। पक्राउ परेका दुई जनामा ५९ वर्षीय जीतबहादुर बुुढा र ३८ वर्षीय रुद्रमणि घर्ती रहेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal