अन्तर्राष्ट्रिय

अमेरिकी गुप्तचरको खुलासा : ट्रम्पले भने ‘नेपाल भारतको हिस्सा हो’ होइन भन्दा रिसाए

अमेरिकी गुप्तचरको खुलासा : ट्रम्पले भने ‘नेपाल भारतको हिस्सा हो’ होइन भन्दा रिसाए

डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले खुलासा गरेको छ ।

गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जनाएको हो ।

म्यागजिनलाई ट्रम्पले दक्षिण एसियाको नक्सा देखाउँदै नेपाल भारतको हिस्सा भएको बताएको जानकारी दिए । अधिकारीले नेपाल एक स्वतन्त्र देश भएको जानकारी दिँदै भूटान त तपाईंलाई थाहा छ नि भनेर देखाए तब उनले भुटान पनि भारतीकै भूभाग भएको बताए ।

दुई गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई भने, ‘उनका सल्लाहकाले असहमती जनाएपछि ट्रम्प उनीहरुसँग रिसाएका थिए ।’

गुप्तचर संस्थाहरुसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीलाई उद्धृत गर्दै टाइमले बताएको छ।

यसअघि पनि उनले नेपाललाई ‘निप्पल’ भनेको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस