मनोरञ्जन

‘सय कडा दश’ हेरेेेर धरधरि रोए मन्त्री पण्डित

‘सय कडा दश’ हेरेेेर धरधरि रोए मन्त्री पण्डित

संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित शनिबार चलचित्र ‘सयकडा दश’ हेरेका छन् । काठमाण्डौको कुमारी हलमा यो चलचित्र हेर्न पुगेका मन्त्री पण्डितले विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय चलचित्र तय गरिनुपर्ने बताए ।

भ्रष्टाचारको कथालाई उठान गरेको कारणले पनि यो चलचित्रलाई ‘राष्ट्रिय चलचित्र’ तोकिनु आवश्यक रहेको उनले सुनाए । आफू चलचित्र हेर्दा पटक–पटक रोएको भन्दै मन्त्री पण्डितले चलचित्र हेर्न यूवाहरुलाई आग्रह गरे । उनले कलाकार राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरे ।

शुक्रबार रिलिज भएको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal