मुख्य समाचार

श्रीमतीको रिसमा चिर्पटले हानेर आमाको हत्या

श्रीमतीको रिसमा चिर्पटले हानेर आमाको हत्या

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ५ का टंकबहादुर कार्कीले श्रीमतीको रिसले आमाको हत्या गरेका छन्।
मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुटपिट गरिरहेको अवस्थामा आमाले रोक्न खोज्दा उनले आमाको हत्या गरेका हुन्।

कार्कीले बुधबार चिर्पटले हान्दा ६३ वर्षीया आमा नरमाया कार्कीको हत्या घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुँगाले जनाएको छ।

छोराले हानेको चिर्पटले लागेर नरमायाको घटनास्थलमै मृत्यु भएको थियो। मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुटिरहेको बेला आमाले रोकेपछि आमालाई चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal