राजनीति

गगन थापाले नेविसंघको कार्य निन्दनीय भनेपछि कुन्दन काफ्लेले फर्काए जवाफ

गगन थापाले नेविसंघको कार्य निन्दनीय भनेपछि कुन्दन काफ्लेले फर्काए जवाफ

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकारी गाडीमा अगजानी गरिएको विषयमा विभिन्न टिकाटिप्पणी भएको छ ।

सोही क्रममा नेविसंघले आफ्नो आह्वानलाई अवज्ञा गर्ने सरकारी गाडीको चाबी नियन्त्रणमा लिनुका साथै आगजनी गरेको स्वीकार गरेको छ । पोखरा, काठमाडौँ, बाँके र डोटीलगायतका क्षेत्रमा सरकारी गाडीमाथि तोडफोडका साथै आगजनी गरेको हो ।

नेविसंघको शनिबारको गतिविधिको आइतबार काँग्रेस नेता गगन थापाले विरोध जननाएको छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ‘नेविसंघको नाममा केही ‘विद्यार्थी’ले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तर ः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्सहित गर्न म डटेर लाग्नेछु ।’

यता नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले भने पार्टीका नेताहरुले वास्तविकता नबुझेर टिप्पणी गरेको भन्दै जवाफ फर्काएका छन् । उनले सरकारी गाडीको दुरुपयोग रोक्ने कार्यमा आफूहरुमाथि गाडी चालकले प्रतिवाद गर्न खोज्दा तोडफोड र आगजनी हुन पुगेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal