मनोरञ्जन

को बन्छ ‘करोडपति’ को राम्रो सुरुवात, दर्शकलेे गरे प्रशंसा

को बन्छ ‘करोडपति’ को राम्रो सुरुवात, दर्शकलेे गरे प्रशंसा

टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’ले राम्रो सुरुवात गरेको छ। एपी वान टेलिभिजनले फ्रेन्चाइज रियालिटी ‘शो’ नेपाल आइडल र बुगीवुगीको सफलता पश्चात ल्याएको यस शो प्रति दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

आफ्नो अफिसियल युट्यूब ‘केबीसी नेपाल’मा राखेको पहिलो एपिसोडको भिडियोमा दर्शकले राम्रो प्रतिकृया दिईरहेका छन्।

विश्वविख्यात टेलिभिजन रियालिटी शो ‘हु वान्ट्स टु बी अ मिलिनिअर’को नेपालीमा ‘को बन्छ करोडपति’को नाम दिएको यस शोलाई अभिनेता राजेश हमालले संचालन गरिरहेका छन्।

आयोजकले यस शो लाई मोबाइल एपमार्फतसमत खेल्न सकिने बनाइएको छ। ‘को बन्छ करोडपति’को मोबाइल एप मोबाइलको एप स्टोरमा गएर केबीसी नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal