मनोरञ्जन

नेपाली सुजन बने ‘डान्स प्लस ४’ काे फस्ट रनरअप

नेपाली सुजन बने ‘डान्स प्लस ४’ काे फस्ट रनरअप

सुजन मार्फा तामाङ भारतकाे चर्चित डान्स रियालिटी शाे डान्स प्लस फाेरकाे फस्ट रनरअप भएका छन् । डान्स प्लस फोरको फाइनलमा पुगेका सुजन आफ्नो उत्कृष्ट डान्स प्रस्तुत गर्दै गर्दा पनि भोटको कारण फस्ट रनरअप बन्न सफल भए भने महाराष्ट पुनेका चेतन सालुन्खेले डान्स प्लस फोरको ट्रफी उचालेका छन् ।

अडिसनबाटै जजहरूकाे मन जीतेका सुजन र आसाम भारतकी अर्कि प्रतिस्पर्धी आंचल शर्मा मालाकारलाई एकै ग्रुपमा राखेका थिए । एकै प्रकारको डान्स गर्नसक्ने भन्दै सुजन र आंचललाई जोडी बनाइएको थियो । पछिल्लो केहि समय यता सुजनले विभिन्न म्युजिक भिडियो समेत खेलिसकेका छन्

यतिबेला भारतमा तहल्का पिटिरहेका सुजन एक वर्ष पहिले भारतकै अर्को चर्चित डान्स रियालिटी शो “डान्स इन्डिया डान्स” मा समेत गएका थिए। तर उनि उक्त रियालिटी शोमा पनि टप ६ सम्म पुग्न सफल भएका थिए । सुजन मार्फा तामाङ डान्स इन्डिया डान्समा कम भोटका कारण फाइनलमा पुग्न सकेका थिएनन् भने हाल ‘डान्स प्लस ४’ को फाइनलमा पुगेका उनि पुनः भोट कै कारण फस्ट रनरअप भएका छन ।

नेपालका सुजन र आसामकी आँचलले संगै डान्स गर्दै सबैको मन मात्र जितेनन डबल प्लस पोइन्ट ल्याउदै सबैलाई चकित समेत पारे । सुजन र आंचलले गरेका धेरै मुभ्सहरुले जज मात्रै होइन कार्यक्रममा आएका सेलिब्रेटी जजहरुलाई समेत अचम्मित परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal