मुख्य समाचार

बागलुङमा एक वृद्धको मृत्यु, चिसोको कारणले भएको आशंका

बागलुङमा एक वृद्धको मृत्यु, चिसोको कारणले भएको आशंका

अत्याधिक चिसोका कारण बागलुङको ढोरपाटनमा एक वृद्धको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ अधिकारीचौरका ५६ बर्षिय दिलबहादुर भण्डारीको मृत्यु भएको हो ।

शुक्रबार साँझ अधिकारीचौरदेखि ढोरपाटन नवीगाउँ जान घरबाट निस्केका भण्डारी परिवारको सम्पर्कमा नरहेपछि खोजी गर्दै जाँदा शनिबार ढोरपाटन नगरपालिका–९ बिजौरीखोला गाउँ नजिकैको चौरमा मृत अवस्थामा फेला परेका थिए। ढोरपाटनमा गत हप्तादेखि निरन्तर हिमपात भएका कारण अत्याधिक चिसो बढेको छ ।

मृतक भण्डारी बाटो हिंड्दै गर्दा साँझपखको अत्याधिक चिसोका कारण मृत्युु भएको हुनसक्ने आशंका गरिएको स्थानिय ईन्द्र शाहिले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal