मनोरञ्जन

आज डान्स प्लस -४ को फाईनल : नेपालका सुजनले मार्लान् त बाजी ?

आज डान्स प्लस -४ को फाईनल : नेपालका सुजनले मार्लान् त बाजी ?

काठमाडौँ : आज भारतीय चर्चित डान्स टेलीभिजन रियालिटी शो “डान्स प्लस ४” को फाइनल हुन गइरहेको छ भने फाइनलमा ४ प्रतिस्पर्धी भिड्दैछन् जसमध्ये एक हुन् नेपालका सुजन मार्फा तामाङ ।

तामाङ प्रसारण भइरहेको भारतीय डान्स टेलीभिजन रियालिटी शो “डान्स प्लस ४” मा सहभागी भएपछि निकै चर्चामा आएका छन् उनि हाल “डान्स प्लस ४” को फाइनलमा पुग्न सफल भएका छन् । सुरुवात देखि नै आफ्नो प्रस्तुतिले सबैको मन जित्न सफल भईरहेका छन् ।

साथ‌ उनको जोडीको रुपमा अछामकी आँचल शर्मा छिन। यी दुई यही शोको केही एपिसोड पछि यस शोका सुपर जज रेमो डिसुजाले जोडीको रुपमा अघि बढाएका हुन् भने यो जोडी आज फाइनलसम्म पुगेका छन् ।

के साँच्चै उनीहरुले “डान्स प्लस ४” को उपाधि जित्लान् त? कतिको साथ दिएका छन् दर्शकले यी दुईलाई भोटिङ मार्फत ? त्यो भने आज राति नेपाली समय अनुसार ८ः१५ मा स्टारप्लसबाट हुने ग्राण्ड फिनालीमा थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal