मुख्य समाचार

नेविसंघले कब्जामा लियो मन्त्रिपरिषद् कार्यालयको गाडी

नेविसंघले कब्जामा लियो मन्त्रिपरिषद् कार्यालयको गाडी

नेपाल विद्यार्थी संघले शनिबार चलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गाडी नियन्त्रणमा लिएको छ। शनिबार बिहानैबाट सडकमा गुडेका सरकारी गाडीको निगरानी गरेका नेविसंघ कार्यकर्ताले बालुवाटारबाट उक्त गाडी नियन्त्रणमा लिएका हुन्।

केन्द्रीय समितिको निर्णय अनुसार नेविसंघ कार्यकर्ताले शनिबार बिहानैबाट सरकारी गाडीमाथि निगरानी बढाएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

आन्दोलनको कार्यक्रम अनुसार नै सकारी गाडी नियन्त्रणमा लिएको उनको भनाइ छ। सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै नेविसंघले निगरानी सुरु गरेको थियो।

सरकारी गाडी नियन्त्रण अभियानमा नेविसंघका नेताहरु निरन्जन थापा, पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा, सुसान्त आचार्य संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, विजय ढुङ्गाना, सुदिप अधिकारी, जानुका पन्तलगायत नेताहरु सहभागी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal