मनोरञ्जन

विमलराज क्षेत्री र अञ्जु पन्तको स्वरमा लोकदोहोरी गीत ‘बुट्टे रुमाल’

विमलराज क्षेत्री र अञ्जु पन्तको स्वरमा लोकदोहोरी गीत ‘बुट्टे रुमाल’

गीतकार तथा संगीतकार एकनारायण भण्डारीले नयाँ गीत ‘बुट्टे रुमाल’ सार्वजनिक गरेका छन्। शुक्रबार सार्वजनिक भएको ‘बुट्टे रुमाल’मा लोक गायक विमलराज क्षेत्री र गायिका अञ्जु पन्तले गाएका छन्।

रुमाल चिनो दिने प्रेमीप्रमिकाको पुरानो चलनलाई गीतमा पस्किएको छ। गीतकार भण्डारीकै संगीत रहेको यो गीतमा लोकलय र आधुनिक संगीतको फ्युजन गरिएको छ। नेपाली चलचित्रकी अहिलेकी चल्तीकी अभिनेतृ प्रियंका कार्की र गम्भीर विष्टले गीतमा मोडलिङ गरेका छन्। बुट्टे रुमालको निर्देशन तथा कोरियोग्राफी पनि विष्टले नै गरेका छन्।

भण्डारीकै लेखन तथा संगीतमा रहेको ‘सुपारी चाम्रो’ बोलको गीतकै नामबाट अहिले सार्वजनिक भएको गीतलाई चिनाइएको छ। यो गीतलाई ‘सुपारी चाम्रो २’ नाम दिइएको छ।

नेपाली लोक तथा दोहोरी गीतसँगै आधुनिक तथा फिल्मका गीतमा पनि बेजोड कलम चलाउने भण्डारीका यसअघिका गीत दर्शकस्रोताले निकै रुचाएका थिए।

म्युजिक नेपालको युट्युब च्यानमा शुक्रबार अपलोड गरिएको गीतलाई शनिबार दिउसोसम्म ६५ हजारभन्दा बढीले हेरेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal