मुख्य समाचार

‘चन्द्र केसी’ जसले ९ महिने बालिकालाई बचाउन कलेजो नै दान गरे

- रासस

‘चन्द्र केसी’ जसले ९ महिने बालिकालाई बचाउन कलेजो नै दान गरे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी नौ महिने बालिका सियाना रन्तीजाको जीवन बचाउन एक समाजसेवीले कलेजो नै दान गरेका छन्।

म्याग्दीमा क्रियाशील परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्षसमेत रहेेेका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान गरेका हुन्।

शुक्रबार भारतको सर गङ्गाराम अस्पतालमा रन्तीजालाई केसीले दान गरेको कलेजो प्रत्यारोपण गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। आफ्नै आमा रेश्मा र बुबा प्रदीपको कलेजो म्याच नभएको र आर्थिक अभावको कारण उपचार अनिश्चित बनिरहेको सन्दर्भमा केसीले कानूनी प्रक्रिया पूरा गरी कलेजो दान गरेकाा हुन् ।

‘मानवीय सेवा र दानवीरको अभिलेखमा आज एउटा दुर्लभ साहस उहाँले गर्नुभएको छ, कोषलाई स्थापनादेखि अहिलेसम्मको स्थितिमा ल्याउन उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय छौँ ।’’उनले भने, “सियानालाई बचाउन कलेजो दान गर्ने केसीको करीब ३० प्रतिशत कलेजो निकालेर प्रत्यारोपण गरिएको हो ।”

प्रत्यारोपण गरिएपछि बिरामी र कलेजो दान गर्ने केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ। बेनी अस्पताल विकास समितिको अध्यक्षसमेत भइसकेका केसीले बेनी अस्पतालको गुणस्तर सुधारमा धेरै रचनात्मक पहल गरेका थिइ। बेनीको माउण्ट एभरेष्ट आवासीय माविका अध्यक्ष समेत रहेका केसी लायन्स क्लब अफ नेपालमा समेत आवद्ध रहेर विभिन्न सामाजिक कार्यमा क्रियाशील छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal