अन्तर्वार्ता

जब छोरीलेेेे आमालाई प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिन्…

जब छोरीलेेेे आमालाई   प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिन्…

भारतमा एक आमाले आफ्नी नाबालिका छोरीलाई प्रेमीसँग मिलेर हत्या गरेकी छन् । भारतको हरियाणास्थित करनाल शहरमा एक बालिकालाई उनकी आमाले प्रेमीसँग मिलेर हत्या गरेकी हुन् ।

प्रेमीसँग आपत्तिजनक अवस्थामा आमालाई बालिकाले देखेकी थिइन् । त्यसपछि आमाले आफ्नो रहस्य बाहिर आउने भएपछि प्रेमीसँग मिलेर छोरीको हत्या गरेकी हुन् ।

मृतक ८ वर्षीया सोनम हुन् । सोनम घरबाहिर खेलीरहेकी थिइन् । जब खेल सकियो उनी घरभित्र गइन् जहाँ उनले आमा लक्ष्मीलाई आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिन् । दुवैजना सोनमलाई देखेर अताल्लीए । उनीहरुले सोनमलाई यो कुरा कसैलाई नभन्न आग्रह त गरे तर उनले भनिदिने डर मनबाट कम भएन । आफ्नो कर्तुत खुल्ने डरले दुवैजनाले मिलेर सोनमको घाँटी थिचेर हत्या गरे र उनको शवलाई कट्टामा राखेर नरहमा फाले ।

त्यसपछि लक्ष्मीले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् । र आफ्नो घर आइन् साथै उनका प्रेमी अमित पनि आफ्नो घर गए । दुवैलाई लागेको थियो होला सोनमको शव नहरमा बगेर हराउनेछ । तर शव कट्टामा रहेका कारण बगेर जान सकेन ।

प्रहरीले घटनाको छानबिन सुरु गर्यो । पोस्टमार्टममा उनको घाँटी थिचेर हत्या भएको कुरा पत्ता लाग्यो । प्रहरीले छानबिन गर्ने क्रममा शंकाको सुई आमा लक्ष्मीतिर घुम्यो र अमित पनि पक्राउ परे । प्रहरीले एक सिसिटीभी फुटेज हात पार्यो जसमा अमितले बाइकमार्फत कट्टामा राखिएको बालिकाको शव लगेर गइरहेको देखियो । दुवैजनाले आफ्नो अपराध स्वीकार गरे । प्रहरीले दुवैजनालाई हत्या मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस