स्वास्थ्य

डा. आचार्यका सुझाव : एक्लै भएको बेला हृदयघात भए के गर्ने ?

- डा. आशिष आचार्य

डा. आचार्यका सुझाव : एक्लै भएको बेला हृदयघात भए के गर्ने ?

हृदयघातबाट हुने मृत्यु दिन प्रतिदिन बढ्दै गएकोले सबै जनाले यो रोगको सिकार हुनबाट आफुलाई र अरुलाई पनि बचाउन अतिनै जरुरी ठान्दछु । त्यसैले फेरी पनि एक चोटी हृदयघात हुँदा देखिने लक्षणहरु बताउन गईरहेको छु।

हृदयघात हुदा देखिने प्रमुख लक्षणहरु:
१) छातीको बिचमा, देब्रे भागमा, वा छातीको पुरै भागमा एक्कासी तिब्र गतिमा वा बिस्तारै दुख्दै जानु, भारि भएको (केहि चिजले थिचे जस्तो) अनुभव हुनु, एकदमै असहज महसुस हुनु ( यो कम्तिमा पनि २० मिनेट सम्म भैराख्नु)

२) दुखाई शरीरको अरु भागमा सर्नु (देब्रे काध -हातमा, घाँटी चिउँडो वा छातीको पछाडीतिर)

३) दुखेको बेला एकदमै पसिना (कोल्ड पसिना) आउनु र बेहोस हुनु वा बेहोस हुन लागे जस्तो हुनु

अन्य लक्षणहरु, जुन प्रमुख लक्षणहरु संग संगै देखा पर्न सक्छन् , जुन महिला र बुढा पाका व्यक्तिहरुमा बढी देखिने गर्छ :

– सास फेर्न गाह्रो हुनु, वाक वाक वा बान्ता हुनु, हल्का मात्र दुख्नु ।
– दुखाई पेटको माथिल्लो भाग तिर सर्नु वा पेटको माथिल्लो भाग तिर मात्र दुख्नु (बिचमा , छातीको स्तम्ब को तल तिर )

तपाईलाई काम गरिरहेको बेलामा, धपेढी भएको बेलामा, खाना खाइरहेको बेलामा, चिसो मौसममा र कहिले काहीँ एकदमै उत्साहित भएको बेलामा, एकदमै रिसाएर अरु माथि जाई लागेको बेलामा, वा रेस्ट गरिरहेको बेलामा माथिका उल्लेख गरिएका लक्षणहरु देखा परेमा हृदयघात भएको हुन सक्ने सम्भावना एकदमै धेरै हुन्छ। हृदयघात विशेष गरेर धमनी रोग लाग्ने प्रमुख कारणहरु भएका व्यक्तिहरुलाई बढी हुने गर्छ ।

एक्लै भएको बेलामा हृदयघात भएको महशुस भयोभने के गर्ने ?

तपाईं घरमा हुनुहुन्छ भने सेफ ठाउमा बस्नु होस् (लड्दा चोट नलाग्ने ठाँउमा) बाटोमा वा काम मा हुनुहुन्छ भने त्यहाँबाट सेफ ठाउमा बिस्तारै नआतिकन जानु होस् र बस्नु होस् ।

पहिलो – तपाई जति सक्दो चाँडो डाक्टरको सम्पर्कमा आउनु पर्छ , त्यसैले Emergeny Nr. मा फोन गरेर चिकित्सकलाई तुरुन्तै खबर गर्नु र एम्बुलेन्स पठाउन अनुरोध गर्नु, नसके तुरुन्तै साथी गुहार्नु र कल गर्न लगाउनु होस्।
दोस्रो – तपाई कसैको मदत लिएर नजिकको चिकित्सक , क्लिनिक वा होस्पिटल मा जान सक्नु हुन्छ ।

हृदयघात भएको बेलामा नगर्न हुने सल्लाह:

१) दुखाई कम हुन्छ कि भनेर पर्खिनु र चिकित्सकबाट टाडा रहनु
२) आफुले केहि गर्न नसक्दा मद्दद नमाग्नु र चुप लगेर बस्नु
३) दुखि रहेको बेलामा – हिड्नु , काम गरि राख्नु, गाडी आफैले कुदाउनु
४) छातीमा प्रेसर दिनु (खोकेर वा लामो सांस लिएर छातीको प्रेसर बढाउनु) – यसो गर्दा झन् गाह्रो हुने र स्ट्रेस को कारणले रगत संचालन प्रक्रियामा असर हुन्न जान्छ। छातीमा प्रेसर बढाउने वा दिने भनेको मुटु बन्द भएर बेहोस भएको बेलामा फेरी मुटुलाई संचालनमा ल्याउन र कहिले काही हृदय रोग बाट बचाउन दिने हो।

हृदयघातको पहिलो उपचार भनेको समय हो , जति सक्दो चाँडो चिकित्सक वा होस्पिटल पुर्याउन सक्यो तेतीनै धेरै हृदयघात बाट बच्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal