प्रवास

भर्खरै घरबाट फर्केका जीवनको कुुवेतमा दु:खद अन्त्य

भर्खरै घरबाट फर्केका जीवनको कुुवेतमा दु:खद अन्त्य

कुवेतमा एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । कुवेतको यसके कम्पनीमा सवारी चालकको रुपमा कार्यरत चितवनका ४७ वर्षिय जीवन चौधरीको विहिबार बिहान निधन भएको हो ।

बिहिबार बिहान सामान्य अवस्थामा कम्पनीको काममा हिडेका उनी हृदयघात भई अकस्मात गाडीमै ढलेका थिए । जीवनलाई पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको समस्या रहेको उनका सहकर्मीहरुले बताएका छन।

उनि विदा सकेर गत डिसेम्बर ६ तारिख नेपालबाट कुवेत फर्केका थिए । परिवारको मुख्य सहारा रहेका जीवनको अभावमा परिवारमा पीडा र भविष्यको अन्योलता थपिएको छ । मृतक चौधरीको परिवारमा एक छोरा, एक छोरी र श्रीमती रहेका छन।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७