अन्तर्राष्ट्रिय

मलेसियामा चुनावबाट निर्वाचित नयाँ राजाद्धारा राज्यारोहण

मलेसियामा चुनावबाट निर्वाचित नयाँ राजाद्धारा राज्यारोहण

मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमदले बिहीबार राज्यारोहण गरेका छन्।

यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएपछि मलेसियामा निर्वाचन मार्फत नयाँ राजा छनौट गरिएको हो र उनले बिहिवार राज्यारोहण गरेका हुन्।

नव निर्वाचित राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानीरङको औपचारिक पोशाक लगाएका थिए भने क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा संस्कृतिक र परम्परागत रुपमा आयोजना गरिएको भव्य समारोहमा उनले सपथ ग्रहण गरेका छन् ।

समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजारौं अतिथिहरु, मुस्लिम धर्मगुरुहरु लगायतको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal