प्रवास

जापानमा कामदार पठाउन किन गरिदैछ ‘गोप्य’ छलफल ?

जापानमा कामदार पठाउन किन गरिदैछ ‘गोप्य’ छलफल ?

रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्र रुपमा चलिरहेको छ । यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो ।

तर, सो क्रममा जापानी पक्षले नेपालीलाई जापान लैजाने विषयमा अन्तिम टुङ्गो नलागेसम्म आफ्ना भेटवार्ताका विषय गोप्य राख्न भनेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यस विषयमा भएका कुराहरुलाई बाहिर ल्याईरहेको छैन् ।

स्रोतका अनुसार वैदेशिक रोजगारका अन्य गन्तव्यभन्दा उत्कृष्ट मोडलमा कामदार पठाउने सरकारको तयारी छ । श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार जापानले आफ्नो देशमा कामदार भित्र्याउन विभिन्न नौ देशसँग छलफल गरिरहेको छ ।

सोही आधारमा एक मुलुकसँग भएका छलफलको निर्णय अर्को देशले अहिले नै थाहा पाउँदा बार्गेनिङ गर्न सक्ने भएकाले जापानी पक्षले यो विषयमा कुनै कुरा बाहिर नल्याउन मन्त्रालयलाई आग्रह गरेको हो ।

छलफलका क्रममा श्रमिक ठगिन नपरोस् र नेपाली कामदारको सुरक्षा तथा सेवासुविधा राम्रो होस भन्ने नेपालको चाहना रहेको मनत्री विष्टले प्रष्ट पारेका छन् ।

यदि जापान र नेपालबीच सहमति भएर नेपाली कामदार जापान गए भने उनीहरू जाने मोडल अहिलेसम्मकै उत्कृष्ट हुने मन्त्रालय श्रोतको दाबी छ ।

विकसित मुलुक जापान मानव अधिकारको हिसाबले निकै सुरक्षित र सामाजिक सुरक्षाको हिसाबले पनि उत्कृष्ट देश हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७