मनोरञ्जन

एकता कपुर विवाहै नगरी बनिन् छोराको आमा

- एजेन्सी

एकता कपुर विवाहै नगरी बनिन् छोराको आमा

टेलिभिजन र बलिउड फिल्म निर्माता एकता कपुरले बिवाह नै नगरी छोरालाई जन्म दिएकी छिन् । उनले २७ जनवरीमा सेरोगेसीमार्फत् छोरा जन्माएकी हुन् ।

मुम्बई मिररको रिपोर्ट अनुसार एकताका छोरा स्वस्थ छन् र उनलाई चाँडै नै घरमा ल्याइनेछ । हालै, उनले आफ्नो वेबसिरिज अपहरणको प्रोमोशनको क्रममा राम्रो व्यक्ति पाउने बित्तिकै विवाह गरिहाल्ने बताएकी थिइन् । उनले राम्रो व्यक्तिको कमी भएको पनि बताएकी थिइन् ।

एकताका अनुसार उनले विवाहको दबाबबाट बच्नका लागि फिल्मी क्षेत्रमा होमिएको बताइन् । र यही काम उनको प्यासन बनेको पनि जानकारी दिइन् । सिरियल ‘हम पाँच’ बाट आफ्नो करियरको सुरुवात गर्ने एकता भारतकी सबैभन्दा व्यस्त निर्मात्री हुन् ।

तीन वर्षअघि एकताका भाइ तुषार कपुरको घरमा पनि छोराको जन्म भएको थियो । तुषारका छोरा पनि सरोगेसीमार्फत नै जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal