मुख्य समाचार

पारसलाई छोरो हृदयेन्द्रको साथ : हिमानी र छोरीहरु थाइल्यान्डमा

पारसलाई छोरो हृदयेन्द्रको साथ : हिमानी र छोरीहरु थाइल्यान्डमा

अचानक मुटुमा समस्या देखिएपछि पूर्वयुवराज पारस शाहलाई सोमबार अपराह्न साढे चार बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरियो । बाबुको स्वास्थ्य अवस्था थाहा पाउनासाथ छोरा हृदयेन्द्र शाह अस्पताल पुगेका थिए।

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पूर्वको भम्रणका लागि सिमरा पुगेका थिए भने पूर्व युवराज्ञी हिमानी शाह र छोरीहरु पूर्णिका शाह र कृतिका शाह थाइल्याण्डमा छन्। छोरा हृदयेन्द्र भने बुवा बिरामी भएको दिन नै अस्पताल पुगेका थिए।

बाबुको स्वास्थ्य अवस्था थाहा पाएपछि उनी अतालिँदै अस्पताल पुगेका थिए भने पूर्वरानी कोमल सडकमार्गबाट नै राति सिमराबाट काठमाडौँ आइपुगेकी थिइन्।

छोरा हृदयेन्द्र सोमबार, मंगलबार र बुधबार पनि नियममित अस्पताल पुग्ने गरेका छन्। छोराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि पूर्वरानी कोमल शाह बुधबार सिमरा फर्केकी छन्।

पारसलाई भेट्न उनकी फूपु शोभा शाही, शोभाकी छोरी मनुजा शाह, धिरेन्द्र शाहका छोरीहरु पूजा शाह, दिलाशा शाह, सितास्मा शाह र पारसकी बहिनी प्रेरणा शाह पनि अस्पताल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस