विचित्र संसार

अन्तरिक्षमा खुल्दै छ आलिशान होटल : आजैबाट खुला भो बुकिङ

अन्तरिक्षमा खुल्दै छ आलिशान होटल : आजैबाट खुला भो  बुकिङ

अमेरिकाको टेक्ससको कम्पनी ओरियन स्पेसले आफूले पहिलो पटक अन्तरिक्षका आलिशान होटल बनाउ गइरहेको दाबी गरेको छ। यो होटल २०२१मा संचालमा आउने र २०२२ देखि आम मानिसकालागि खुला गरिने बताईएको छ ।

एक अंग्रेजी संचारमाध्यमका अनुसार यो होटलको नाम Aurora Station राखिने भएको छ। यो होटलमा बस्नेले राम्रै पैसा चुक्ता गर्नुपर्छ। यो होटलमा बस्नकालागि दुई क्रु मेम्बर र चार यात्रीकालागि मात्र ठाउँ हुनेछ।

यो होटलको यात्रामा करिव १२ दिनको समय लाग्ने अनुमान छ। कम्पनीको दाबी अनुसार मानिसहरुले अन्तरिक्षका खुल्ने होटलमा जानकालागि वेबसाइटमा बुकिङ सुरु गरिसकेका छन्। कम्पनीको दाबी अनुसार उक्त होटलमा बस्दा २४ घण्टामा करिव १६ पटक सूर्योदय र सूर्यास्त देख्न पाइन्छ।

Aurora Station का संस्थापक तथा सीईयो फ्रेंक बंजरले भने–हाम्रो उद्देश्य अन्तरिक्षलाई आम मानिसको पहुँचमा ल्याउनु हो। ओरियन स्प्यानको वेबसाइटका अनुसार यो होटल यात्रामा सहभागी हुन ९.५ मिलियन डलर खर्च हुनेछ। अन्तरिक्ष यात्रामा जान केही नियम र कानुनको विषयमा पनि जानकारी हुनुपर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal