पत्रपत्रिकाबाट

अब सशस्त्र प्रहरीले हिन्दु देवीदेवताका नाम हटाउँने

अब सशस्त्र प्रहरीले हिन्दु देवीदेवताका नाम हटाउँने

सशस्त्र प्रहरी बलले हिन्दु देवीदेवताका नाममा रहेका बाहिनी र गण गुल्मको नाम परिवर्तन गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी विस्तृत कार्ययोजना लागू भएपछि विभिन्न देवीदेवताका नाममा रहेका कार्यालयको नाम हटाई अंककै आधारमा राखिनेे भएको हो ।

हाल सशस्त्र प्रहरीमा ६९ वटा गण÷गुल्म छन्, जसमध्ये २८ वटा देवताका नाममा छन् भने बाँकीको नामाकरण स्थान र संख्याका आधारमा गरिएको छ ।

गृह मन्त्रालयले संघीय संरचनाअनुसार सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्दा अंकका आधारमा नाम परिवर्तन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसरी कुनै विशेष कारण बिना हिन्दुधर्मका देवताको नाम हटाउने बिषय बाहिर आएसँगै हिन्दुधर्म माथीको प्रहार भन्दै सर्वत्र चासो र चिन्तता ब्यक्त गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal