विचित्र संसार

छिमेकी महिलासँग एक रातलाई श्रीमान नै साटासाट गरेपछि…

छिमेकी महिलासँग एक रातलाई श्रीमान नै साटासाट गरेपछि…

इङल्याण्डकी एक महिलाले छिमेकी महिलासँग मिलेर श्रीमान साटिन् । ती दुई महिलाले एक रातको लागि उक अर्काका श्रीमान साटेका थिए । तर, अहिले ४० वर्षपछि ती महिलाले त्यो आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती भएको बताएकी छिन् ।

अहिले यो घटना भएको ५० वर्ष बितिसकेको छ तर पनि महिलालाई आफ्नो पुरानो कामप्रति ठूलो पछुतो छ । उनले यो कुरा हालै लेखिएको एक किताबमा उल्लेख गरेकी छिन् ।

इङल्याण्डको केन्टमा बस्ने ७८ वर्षकी केय मोरियार्टीले हालै एक किताबमा खुलासा गरेकी छिन् कि ७० को दशकमा उनले गरेको एक गल्तीले कसरी उनको जिन्दगी बर्बाद गरिदियो । त्यतिबेला केय आफ्ना श्रीमान रोबर्ट र दुई सन्तानका साथमा इङल्याण्डको साउथ कोस्टमा बस्थिन् । यी दुईको बिहे हुँदा केय १९ वर्षकी र रोबर्ट २३ वर्षका थिए । केयका अनुसार त्यतिबेला उनले एक किताब पढेकी थिइन् जसमा एक रातको लागि पति साट्ने बारेमा उल्लेख थियो । उनको यौनजीवन त्यतिबेला राम्रो थिएन त्यसैले उनलाई यो आइडिया निकै मन पर्यो ।

त्यसपछि उनले त्यो किताब छिमेककी अर्की महिला रीटालाई पढ्न दिइन् । रीटा पनि उनको कुरामा सहमत भइन् । पतिलाई तयार गरेपछि दुवै परिवारले २ हप्ताको लागि एकसाथ विदामा जाने योजना बनाए । दुई हप्ताको लामो विदाको क्रममा दुवै जोडी अलग अलग पार्टनरसँग रहे । यस क्रममा त्यहाँ केय र रीटाका पति टेरी एकसाथ थिए । रोबर्ट र रीटा एकसाथ रहे ।

दुई हप्ताको विदाको क्रममा दुवै महिलाले २ रातको लागि एक अर्काका पति साटे । त्यसपछि दुवै जोडी घर फर्किए । तर, घर फर्किंदासम्म सबथोक बदलिइसकेको थियो । घर आएपछि रीटा र रोबर्टले आफूहरु छुट्टै गृहस्थी बसाउने भने र सबै ४ बच्चाहरु आफुहरुसँगै बस्ने बताए । यो कुरा सुनेपछि केयलाई निकै ठूलो झट्का लाग्यो । विवश केय र टेरीले पनि साथमा जीवन बिताउने निर्णय गरे ।

७ वर्षसम्म साथमा रहेपनन केय र टरीले अन्तत सम्बन्धविच्छेद गरे । त्यसपछि केयले छोरी रशेलसँग जिन्दगी बिताउन सुरु गरिन् । केयका अनुसार त्योघटनापछि उनको आफ्ना छोरा र रशेलको आफ्ना पितासँग कहिल्यै सम्पर्क भएन ।

त्यो एक घटनाले रशेललाई आफ्ना दाजुबाट अलग गरिदियो र पितासँग उनको नातालाई बर्बाद गरिदियो । केयले यी सबै अनुभवलाई एउटा किताबमा लेखेकी छिन् । हालै प्रकाशित किताबको नाम ‘द हस्बेण्ड नेक्स्ट डोर’ हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal